सहारा मरुभूमिभित्र लुकेको रहस्य [तस्वीरसहित]

Photo - Nasa/ Victoralexandrovicholersky/ Fezcitytour/ Shutterstock

सहारा मरुभूमि विश्वको सबैभन्दा ठूलो मरुभूमि हो। याे अफ्रिकाको उत्तरी भेगमा पर्दछ।

सहारा मरुभूमि अल्जेरिया, चाड, लिबिया, माली, मौरिटानिया, मोरोक्कोनाइजरसुडानट्युनिसियालगायत देशको सीमा हुँदै ९० लाख ९० हजार वर्गकिलोमिटरमा फैलिएको छ।

६० लाख वर्ष पुरानो यो मरुभूमिमा कैयौँ रोचक तथ्यहरू लुकेर बसेका छन्, जुन तथ्यहरूलाई अजर–अन्दाज पनि गर्न सकिँदैन। 

करिव ६ हजार वर्षअघि सहारा मरुभूमि पूर्णरुपमा हरियाली भएकाे वैज्ञानिकहरू बताउँछन्। यो क्षेत्रभरी बोट–बिरुवासँगै विभिन्न जनावरहरू बस्थे। तर अहिले यहाँ बालुमा बाँच्ने बाहेक बिरलै जीवजन्तु भेटिन्छन्। 

कुनै समय वर्षात् पनि पर्याप्त मात्रामा हुन्थ्यो। यहाँको पानी तामुन्दासेट नदी हुँदै इटालान्टीक ओसियनसम्म पुग्थ्यो। सहारा मरुभूमि हुँदै ५ सय किलोमिटर भित्र बग्ने यो नदी सबैभन्दा लामो नदी थियो। 

सन् २०१५ मा 'स्याटेलाइट'बाट लिइएको तस्वीरका आधारमा गरिएको अनुसन्धानबाट लामो नदी बग्ने गरेको तथ्य फेला परेको छ।  

मध्ये अफ्रिकामा एउटा ताल समेत थियो, जसको नाम थियो ‘लेक मिरा चार्ड’। जुन अहिले लेक चार्ड मात्र बचेको छ। 

'स्याटेलाइट'बाट पत्ता लागेको तथ्य अनुसार कुनै समय यो ताल ‘क्यासपियन सागर’ भन्दापनि ठुलो थियो। त्यो ताल ३ लाख ८८ हजार ५ सय किलो मिटरसम्म फैलिएको बताइन्छ। यदी यो ताल अहिलेपनि थियो–भने पृथ्वीको सबैभन्दा ठुलो ताल हुन्थ्याे।

सहारा मरुभूमिका बारेमा वैज्ञानिकहरूले समेत आ–आफ्नै तर्क पेश गरेका छन्। कोही भन्छन्– यहाँका जनावरले धेरै घास खाएपछि विस्तारै घासै हरायाे। सीधा सूर्यको किरण पर्ने भएको हुँदा यहाँको जमिन सुक्दै गएकाे प्रायःकाे अनुमान छ। जमिनमा भएको माटोपनि हावाले उडाउन थाल्यो। र, पत्थर र बालुवाले यो ठाँउ भरिँदै गयो। तापक्रम पनि बढ्दै जाँदा याे ठाँउ भरुभूमि भयो।

एक थरीका वैज्ञानिकहरूले यो कुरा गलत पनि भनेका छन्। उनीहरूले अर्थको पहुँच रहेको बताउँछन्। वैज्ञानिकहरूले लामो अध्यनपछि २ लाख ४० हजार वर्ष पहिला सहारा मरुभूमीको क्षेत्रमा बालुवानै बालुवा भएकाे दाबी गर्छ।

यहाँ विभिन्न प्रजातीसँगै डायनासोरको पनि अस्तीपन्जर फेला परेको बताइन्छ। यसले पनि दर्शाउछ कि सहारा मरुभूमिमा कुनै बेला ताल थियो। सन् २०१८ मा गरिएको अध्ययनमा सहारामा एक दुर्लव डायनासोरको हड्डी फेला परेको थियो। 

पृथ्वीको सबैभन्दा रोचक दृश्यपनि सहारामै रहेकाे छ। यहाँभित्र एक आँखा आकारको क्षेत्र समेत छ। जाे–जुनसुकै क्षेत्रबाट हेर्दापनि आँखै जस्तो देखिन्छ। वैज्ञानिकहरूका अनुसार यसलाई ‘आई अफ द सहारा’ भनिन्छ। यसले करिब ४० किलोमिटर क्षेत्र ओगटेको छ। 

सन् १९६५ मा 'स्याटेलाइट'बाट यसको तस्वीर लिइएको थियो। उक्त तस्वीरले निकै चर्चा समेत बटुल्याे । कैद गरिएको तस्वीरलाई आधार बनाई वैज्ञानिकहरुले आ–आफ्ना धारणा बनाएपनि सहारा मरुभूमिभित्र लुकेको खास तथ्य फेला पार्न सकेका छैनन्। 

एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2021-08-05 04:44:00

प्रतिकृया दिनुहोस्