५० वर्ष पुग्दा पाँच लफडा, कहिले सुध्रेलान् पारस?

नेपाल खबर

काठमाडौँ

जाउलाखेलबाट एउटा गाडी पुल्चोक–कुपण्डोल हुँदै थापाथलीतर्फ जाँदै थियो। गति यति बेगवान् र अनियन्त्रित थियो कि दुर्घटना हुनसक्ने डरले हरिहरभवन र कुपण्डोलमा खटिएका ट्राफिक प्रहरीले त्यो गाडी नियन्त्रणमा लिन थापाथलीमा रहेका आफ्ना सहकर्मीलाई खबर गरे।

२८ जेठ (२०७५) दिउँसो सञ्चार सेटमार्फत त्यस्तो जानकारी प्राप्त गरेपछि थापाथलीका ट्राफिक प्रहरी सतर्क भए। नभन्दै केही सेकेण्डमै अनियन्त्रित गतिको त्यो गाडी आइपुग्यो। ट्राफिक प्रहरी सुष्मा चौधरी अघि बढेर गाडी रोक्न भनिन्; उनलाई झन्डै किचेको! 

‘किन रोकेको!’

गाडी चालकले उल्टै चौधरीलाई हप्काए। चौधरीले ब्लुबुक र लाइसेन्स मागिन्; गाडीको नम्बरमा हिलो लागेको जानकारी गराइन् र गतिको नियम मिचेको बताउँदै चिट काट्न थालिन्। चिट बुझेपछि गाडी चालक ‘ब्लुबुक मेरै घरमा पुर्‍याउन आइज’ भन्दै उसैगरी हुइँकिए।

​ती चालक थिए– पूर्वयुवराज पारस शाह। उनै पारस शुक्रबार (१५ साउन) साँझ हेलमेट नलगाई मोटरसाइकल चलाएपछि महाराजगन्ज चोकमा प्रहरीको नियन्त्रणमा परे। ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई दण्ड–जरिवाना गर्ने प्रहरीले उनलाई भने एकपटकका लागि ‘सम्झाएर’ मात्रै छाडिदियो।  

प्रकाशित मिति: : 2021-08-01 09:02:00

प्रतिकृया दिनुहोस्