यो कस्तो काउकुती!

आयोमेल

काठमाडौँ

डा. शम्भु खनाल

भैरहवाबाट फर्किँदै थिएँ, घरमा एउटा सानो काम थियो। कोभिडले कन्तविजोग पारेको बेलामा त्यो यात्रा गर्नु पटक्कै मन त थिएन। तर, जीवन स्थिर त रहँदैन। विभिन्न आयाम सन्तुलनमा राख्न सक्नु नै जीवन जिउने कला हो। सामाजिक सन्तुलन,  भावानात्मक सन्तुलन र कार्य सन्तुलन सबै मिलाउनु कुशलता हो। त्यसमा सकेसम्म चुक्न नचाहने मलाई कोभिडले चुक्ने मौका दिन खोजेको थियो। 

सिमसिम पानी परिरहेको थियो। म एयरपोर्ट टर्मिनलमा थिएँ। फ्लाइट ढिला हुने निश्चित थियो।  एक घन्टाअघि नै पुगेकाले मलाई समय कटाउन निकै मुश्किल हुँदै थियो। फोनमा चार्ज खपत कम  गर्नुपर्ने  हुनाले मोबाइलमा गेम खेल्न पनि सकिनँ।

एकाएक म बसेको सिट अगाडि एउटी सुन्दर नानी बसिन्। मिलेको जिउडालमा लाम्चो-लाम्चो अनुहार भएकी ती नानीको अनुहार कता चिनेजस्तो लाग्यो। कतै पहिले भेटेको जस्तो लाग्यो। कुनै सुक्ष्म आत्मियता भएको अनुभव भयो। मलाई उनले आकर्षण गरिन् कि उनको उपस्थितिले भन्ने कुरामा दुविधा थियो। जे होस्  उनको उपस्थितिले मनमा संगीत भर्दछ। गीत भर्न बाँकी रहेको मिठो  संगीत। वरिपरि अरू पनि राम्रा युवती थिए। उनले नै किन आकर्षित गरिन् त? यसको उत्तर अर्धचेतन मस्तिष्कको गहिराइमा होला। हेर्दा कम बोल्ने देखिन्थिन्। मास्कले मुख छोपेको थियो। नयनहरू आकर्षक नै देखिन्थे। त्यो पूर्णअनुहार हेर्न मन लागिरहेको थियो। त्यो मास्क पछाडिको अनुहारको कल्पना गर्दै थिएँ।

अनायास बोल्न मन लाग्यो। केही कुराकानी गर्ने प्रयास गर्दै थिएँ। तर, अञ्जान मान्छेसँग नबोल्ने कसम नै खाएकी हुन् जस्तो भान भयो। वातावरण सहज बनाउने प्रयास गर्दै थिएँ। अलि-अलि बोल्दै थिइन्। उनलाई घुम्न मनपर्ने रहेछ। ट्रेकिङ आदिमा रुचि रहेछ। बेलाबेला मुसुमुसु हाँस्ने पनि गर्थिन्। ओठमा मुस्कान फिँजारिदा अझै राम्री देखिन्थिन्। अल्पभाषी हुनाले धेरै कुरा थाहा हुन सकेन। तर, मेरो मनले केही कुरा आँकलन गरिसकेको थियो। 

प्रकाशित मिति: : 2021-07-31 20:22:00

प्रतिकृया दिनुहोस्