अन्तत: एमालेबाट छुट्टिने भए माधव नेपाल, यस्ताे छ निर्णय

Breaknlinks
Breaknlinks

यतिबेला नेकपा (एमाले) भित्रको विवाद उत्कर्षमा पुगेको छ। यहाँसम्म कि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बोली बारा-बारकाे समेत अवस्था छ।

त्यतिमात्र भए त हुन्थ्यो ! यी दुई नेता एकअर्काको अनुहारसमेत हेर्न चाहन्नन्, पछिल्लो समय। 

पार्टीभित्रको आन्तिरिक विवाद त चलिरहेकै थियो। तर त्यतिबेला देखि विवादले झन् फराकिलो रुप लियो, जब कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव समूहले संसदमा विश्वासको मत दियो।

त्यसो त, देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दा नै माधव समूहले अध्यक्ष ओलीसँग 'शत्रुता' बढाएर हस्ताक्षर गरिसकेका थिए।

अहिलेको राजतीतिक वातावरणलाई हेर्ने हो भने 'को खाई-को खाई म्याउँ, बिरालो !' को अवस्था छ।

पार्टी विवाद मिलाएर एकता कायम गर्न एमालेका दोस्रो तहका नेताहरु नलागेका पनि होइनन्। यतिसम्म कि कार्यदलका दुवै समूहका नेताहरु हातमा 'सहमतिको रोटी' बोकेर दिन रात दौडिरहे। तर यतिबेला १० बुँदे सहमतिको पत्रलाई 'डुगां' बनाएर कुनै धमिलो नालामा बगाउनुपर्ने अवस्था आएको छ।



माधव नेपालजस्ताे देशद्राेहीलाई एमालेमा ठाउँ छैनः ओली

मेटमणि चौधरीकाे जिकिर- 'केपी ओली नै अध्यक्ष भैराख्ने हो भने हेर्दाहेर्दै एमाले समाप्त हुन्छ'



एकातिर ओलीले नेता नेपाललाई 'देशद्रोही'को संज्ञा दिइरहेका छन् भने, अर्कोतिर नेता नेपालले ओलीलाई नै 'राष्ट्रघाती'को संज्ञा दिइरहेका छन्।

खैर, यो सबै विषयलाई किनारा लगाउने हो भने पनि कहि न कतैबाट एमाले विवादले सत्ताको बाटोलाई हिलो बनाएको छ।

देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपालले ठूलो सहयोग गरे। आफ्नै पार्टीको वामपन्थी सरकारलाई ढालेर दक्षिणपन्थी सरकारलाई संसदमा विश्वासको मत पनि दिए। तर, यतिबेला नेता नेपालले फेरि आफै तत्काल सरकारमा सहभागी नहुने मनाशय व्यक्त गरिरहेका छन्।

माधव समूहकै सांसद मेटमणि चाैधरीले भने नयाँ पार्टी दर्ता गर्ने तयारी रहेकाे बताएका छन्। उनले बिएल नेपाली सेवासँग भनेका छन, 'यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने र केपी ओली नै एमालेको अध्यक्ष भैराख्ने हो भने हेर्दाहेर्दै नेकपा एमाले समाप्त भएको देखिन्छ।'

अचम्म लाग्दो कुरा त के छ भने, माधव समूहभित्र पनि मतभेद छ। नेता नेपाललाई आफ्नै समूहका सांसदहरुले सरकारमा सहभागी हुन दबाब दिइरहेका छन्। गठबन्धनका अन्य शीर्ष नेताहरुको पनि उत्तिकै दबाब छ। यसका बाबजुद पनि नेता नेपाल 'नपुशंक' बनेर 'एरिना'मा उभिरहेका छन्।

ओलीले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रमहरुमै माधव नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताृउँदै आएका छन्। ओलीका टिप्पणीलाई पनि नेता नेपालले कटाक्ष गर्दै जालझेल गरेर पुनः प्रधानमन्त्री बन्छु भन्ने सपना नदेख्न बताउँदै आएका छन्।



एमालेका माधव नेपाल पक्षधर सांसद्काे नेता नेपालमा‍थि दबाब– 'हामी मन्त्री बन्न पाउनुपर्छ'

प्रधानमन्त्री देउवा र प्रचण्डलाई नयाँ धक्काः माधव नेपाल समूह सरकारमा नजाने



एमाले भित्रको राजनीतिक दोहोरीबाट अन्य दल र नेताहरुले प्रशस्त स्वार्थ लुट्ने मौका पाइरहेका छन्।  

यहीबीच एमालेको विवादलाई टुंगो लगाउने काम अन्तिम चरणमा पुगेको छ।

शनिबार दिउँसो बस्ने भनिएको स्थायी कमिटीको बैठक आइतबार दिउँसो बस्नेगरी स्थगित गरिएको छ। ओलीले नै अन्तिमपल्ट २४ घण्टाको 'अल्टिमेटम' दिएर विवादलाई पूर्णविराम दिन दुवै समूहका दोस्रो तहका नेताहरुलाई निर्देशन दिएका छन्।

ओलीले यदि आइतबारसम्म पनि नेता नेपाल लचिलो नबने उनलाई नपर्खेर पार्टी अघि बढ्नेसमेत उद्घोष गरिसकेका छन्।

अब एउटा चासोको विषय भनेको आइतबार बस्न लागेको स्थायी कमिटीको बैठक हो। यस बैठकको निर्णयले विवादले पूर्णविराम पाउने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: : 2021-07-31 20:05:00

प्रतिकृया दिनुहोस्