केपी शर्मा ओली सरकारको झोकमा परेका प्रदेश प्रमुख अमिक शेरचनको सट्टामा आएकी थिइन्, प्रदेश प्रमुख सीताकुमार पौडेल।
प्रदेश प्रमुखको पदभार ग्रहण गरेको दुई महिना २४ दिनमै उनी पदमुक्त हुनुपर्यो।
(आज) बुधबार प्रदेश प्रमुखको सरकारी निवासमा पत्रकारहरू बाेलाएर उनले आफ्नो कार्य अनुभव सुनाइन्। पत्रकारसामु पौडेलले आफूले पदमा हुदा पनि लाभको अपेक्षा कहिल्यै नगरेको बताइन्।
'पदमुक्त भएपछि धेरैले फोन म्यासेजबाट चिन्ता व्यक्त गरे। तर सामाजिक परिवर्तनका लागि राजनीतिक निर्मम बाटो अपनाएर अघि बढेर पनि होला, आकस्मिक निर्णय स्वभाविक लाग्छन्', उनले भनिन्।
राजनीतिक अस्थिरताले देश नबन्ने बताउदै उनले पत्रकार भेटघाट पनि छाेटाे समयमै टुंग्याइन्। उनले पत्रकारसँग सवाल-जवाफसमेत गरिनन्।