जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरू ‘हेड काउन्ट’काे लागि निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन्।
पार्टी भित्र देखिएको आन्तरिक विवाद समाधान गर्न निर्वाचन आयोगले दुबै पक्षलाई बाेलाएपछि उनीहरू आज विहान आयाेगकाे कार्यालय कान्तिपथ पुगेका हुन्।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेकाे जसपामा अध्यक्ष यादवले आफू पक्षमा बहुमत रहेकाे दाबी गर्दै आएका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूकाे हुनुर्ने दाबी गर्दै आएकाे छ। जसका कारण पार्टीकाे आधिकारिकताका विषयमा जसपा विवाद छ। साेही विवाद सुनुवाइका लागि आयाेगले केन्द्रीय कार्यकारिणि समितिका सदस्यलाई बाेलाएकाे हाे।
पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सबै सदस्यहरू आयाेगमा पुगेसँगै यतिबेला सनाखत सुरू भएकाे छ।
आयोगले कार्यकारिणि समितिका सदस्यकाे बहुमत जता देखिन्छ त्यसलाई जसपाकाे आधिकारिकता दिएर पार्टीकाे नाम र चुनाव चिन्हसहित आउन समय दिनेछ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच २०७७ वैशाख ११ गते एकीकरण भएर जसपा बनेको हो। २४ असार २०७४ मा निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो।