बेवारिसे शव व्यवस्थापनमा विश्वमै कहलिएकी सपना रोक्का मगरले दुुई साताअघि १४ वटा बेवारिसे शवलाई एकैपटक जलाइन्। जलाउनका लागि पशुपति आर्यघाटमा स्थान नपाएपछि वागमतीकै बगरमा लगी जलाएको सपना बताउँछिन्। उनका अनुसार, आर्यघाटमा वारिस (हकवाला भएको) शव हुँदाहुँदै बेवारिसे (पहिचान नखुलेको) शव जलाउने पालो पाइँदैन। त्यसमाथि आर्यघाटमा शव जलाउन पहिले दर्ता गर्नुुपर्छ, एक हजार ८ सय रुपैयाँ दस्तुर तिरेर। ‘दुुई वर्षमा करिब तीन सय बेवारिसे शव जलाएकी छुु,’ सपना भन्छिन्, ‘प्रहरी वृत्तबाट बेवारिसे शव व्यवस्थापन गर्ने पत्र आएपछि विभिन्न अस्पतालमा गएर शव ल्याई जलाउँछौँ।’
सपनाले ‘हाम्रो टिम नेपाल’ संस्थाबाट शव व्यवस्थापनको काम गर्दैै आएकी छन्। बेवारिसे शव भेटिएर त्यसमाथि प्रक्रिया पुुगेपछि प्रहरीले त्यस्तो शव जलाउन विभिन्न संस्थालाई पत्राचार गर्छ। पछिल्लो समय उपत्यकासँगै बाहिरका जिल्लाबाट समेत बेवारिसे शव जलाउनका लागि पत्र आउन थालेको सपना बताउँछिन्।
६ वर्षमा १४६० बेवारिसे शव
‘जिउँदाको जन्ती, मर्दाको मलामी’, ‘केही गर्न नसके पनि मलामी कमाउनूू’, ‘मर्दापर्दा आफन्त चाहिन्छ’– प्रचलित नेपाली उखान हुन् यी।