‘अर्ग्यानिक’ बैजीबारा, आगनबाटै भगवानको दर्शन (फोटो फिचर)

अहिलेसम्म जस्ताको त्यस्तै रहेको कर्णाली देख्न पाइने ठाउँ हो–डोल्पा। त्यसैले सबैको मन हुरुक्कै हुने गर्छ– डोल्पा भनेपछि। हिमालै हिमालले भरिएको डोल्पा अन्तर्राष्ट्रिय स्तरमै पनि खूबै चर्चित ठाउँ हो।

फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्यालीले बनाएको ‘क्याराभान’ चलचित्रले अन्तर्राष्ट्रिय अवार्ड जित्यो। त्यसपछि डोल्पाको चर्चा अन्तर्राष्ट्रिय जगतमा झन् चुलिँदै गयो।

डोल्पाको सदरमुकाम दुनैबाट करिब पाँच घण्टाको पैदल यात्रापछि काइके गाँउपालिका आउँछ। काइके गाँउपालिका– ५, बैजिबाराको इतिहास पनि लामो छ। बैजीबारामा करिब चार सय वर्षपुरानो ऐतिहासिक गुम्बा छ, जसको नाम हो– युङडुङ शुछल गुम्बा। बैजीबारा डोल्पाकै प्रख्यात ठाउँ हो।

सदरमुकाम दुनैबाट धेरै टाढा नभएपछि भौगलिक विकटताका कारण बैजीबारा पुग्न भने त्यति सहज छैन। गाँउबाट गुम्बा टाढा भएको र बृद्धबृद्धालाई सधैँ गुम्बा पुग्न गाह्रो हुनेभएकाले उक्त स्तुपा निर्माण गरिएको खेम्पो घेसेको भनाइ छ।

बैजीबाराको सिरानमा छ– युङडुङ शुछल गुम्बा। उक्त गुम्बामा वर्षको चार पटक ठूलो पूजा लाग्ने गर्छ। पूजाको अगुवाई प्रायःजसो गुम्बाका खेम्पो घेसे निमा कुन्क्याप रिम्पोछेले गर्ने गर्छन्।

खेम्पो कुन्म्याप नभएको बेला भने यो जिम्मेवारी गुम्बाका प्रमुख लामाको काँधमा आइपर्छ। बैजीबारा गाउँबाट गुम्बा पुग्न केही समय लाग्छ। गाउँ प्रवेशद्वारमा स्तुपाहरु छन्।

त्यहाँ भर्खरै एउटा अर्को स्तुपा पनि निर्माण भएको छ। खेम्पो घेसे कुन्म्यापले आफ्नो निजी खर्चमा गाउँमै स्तुपा निर्माण गरेका हुन्। नयाँ स्तुपालाई ‘रेड गरुडा’ नामाकरण गरिएको छ।

सबै गाउँलेले बिहान उठ्नेबित्तिकै देख्न सकिनेगरी निर्माण भएको स्तुपा देखेर सबै गाउँबासी खुशी भएका छन्। खेम्पाले गर्दा घरको आगनबाटै भगवानको दर्शन गर्न पाउने भएकाले आफूहरु हर्षित भएको स्थानीय भनाइ छ।

खेम्पो घेसे यस्ता व्यक्ति हुन्, जसले बैजीबाराको मुहार नै फेरेका छन्। उनले आफ्नै खर्चमा गाउँका अधिकांश बालबालिकालाई शिक्षा दिँदैआएका छन्। जसका लागि उनले सदरमुकाम दुनैमा आवासीय विद्यालय खोलेर निःशुल्क शिक्षा दिँदै आएका छन्। गाँउमा हुने ठूला पूजा तथा अनुष्ठानहरुमा उनै खेम्पोले व्यवस्था मिलाउने गरेका छन्। 



ढुम्छ्य पूजा: जसले मान्छेका ग्रहदशा हटाउँछ (फाेटाेफिचर)

 

आकाशै-आकाश डोल्पासम्म (फोटो/भिडियो)

गाउँको दुःख दुर गर्ने 'डोल्पाको इतिहास' अर्थात् 'ढुम्छ्य पुजा' (भिडियाेसहित)

 

प्रकाशित मिति: : 2021-07-23 19:47:00

प्रतिकृया दिनुहोस्