बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन्।
देशको मिथापुकुर उपाजिला अन्तर्गत पर्ने रङ्गपुरमा आइतबार दुई यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको हो।
स्थानीय समयअनुसार विहान ८ बजे एउटा बसका चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।
घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।