एमालेले भन्यो- देउवालाई विश्वासको मत दिने नेताहरु एमालेमा रहँदैनन्

Photo - Rss
Photo - Rss

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि हालतमा समर्थन नगर्ने निर्णय गरेको छ।

आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीलाई समर्थन नगर्ने निर्णय गरेको हो।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले पत्रकारहरुसँग बोल्दै देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए।

प्रधानमन्त्री देउवाले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको लिन लागेका छन्। प्रधानमन्त्रीलाई समर्थन नगर्ने निर्णय गरेको एमालेसँग १२१ जना सांसद रहेका छन्।

प्रकाशित मिति: : 2021-07-18 14:01:00

प्रतिकृया दिनुहोस्