‘नेताभन्दा कलाकारले देश राम्ररी हाँक्न सक्छन्’

रातोपाटी

काठमाडौँ

नवल खड्का चलचित्र क्षेत्रमा नायक/निर्माताको रूपमा परिचित छन्।

थुप्रै फिल्मका नायक रहेका उनी अब निर्देशकका रूपमा पनि अगाडि आउने तरखरमा छन्। आफैँले बनाउन लागेको फिल्म ‘काँडेतार’ उनले नै निर्देशन गर्दैछन्।

चलचित्र कलाकार सङ्घ,चलचित्र निर्माता सङ्घ नेपाललगायत थुप्रै सङ्घसंस्थाको नेतृत्वमा रहेर कामसमेत गरेका खड्काले अवार्ड र सम्मानसमेत प्रशस्तै पाएका छन्। पछिल्लो समय चेतनाको बिगुल फुक्ने खालका फिल्म निर्माणमा सक्रिय उनी २०४८ सालयता चलचित्र अभिनय,निर्माणमा लगातार सक्रिय छन्।

केही राष्ट्रिय गीतका म्युजिक भिडियो अभिनय गरेका उनको राजनीतिप्रति पनि रुचि रहेको छ। कलाकारितामा नआएको भए आफू राजनीतिमा हुने उनी बताउँछन्।

उनको राजनीतिमा आउने इच्छा पनि रहेको छ। जनताका भावना,चाहना,दुःख पीडा बुझेर मात्र कलाकारले अभिनय गर्ने भएकाले राजनीतिक नेताले भन्दा जनताको भावना कलाकारले बुझ्ने उनी बताउँछन्। 

प्रकाशित मिति: : 2021-07-17 13:10:00

प्रतिकृया दिनुहोस्