सर्वोच्च अदालतले विप्लव समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
उनी नख्खु जेलमा छन्। केही दिनअघि हृदयघात भएर उनी अस्पताल भर्ना भएका थिए।