देउवाको बानी र स्वभावबारे पत्नी आरजुलाई १०१ प्रश्न

शेरबहादुर देउवा सकेसम्म मिडियाबाट टाढै बस्न रुचाउँछन्। उनका आनीबानी र स्वभावबारे धेरै अनुमान हुन्छन्, तथ्य कम आउँछन्। उनलाई सबैभन्दा नजिकबाट चिनेकी पत्नी आरजु देउवाले पतिको स्वभाव र बानीबारे खगेन्द्र पन्तका १०१ प्रश्नको जवाफ दिएकी छिन् :

१) बिहान कति बजे उठ्नुहुन्छ ?
सात/साढे सात बजेसम्म उठिसक्नुुहुन्छ ।

२) चिया/कफी के रुचाउनुहुन्छ ?
उहाँले लिने ग्रिन टी हो ।

३) एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
समा उहाँ एकदमै अल्छी हो, केही गर्नुहुन्न । म कति कराउँछु, तर पनि कहिल्यै एक्सरसाइज गर्नुहुन्न ।

४) योगामा पनि रुचि छैन त्यसो भए ?
फिटिक्कै छैन । तर, जिन नै त्यस्तो हो कि पहाडको पानी हो, एकदम फिट हुनुहुन्छ । खानामा भने धेरै कन्ट्रोल छ । जे पायो त्यही खानुहुन्न । गुलियो त छुँदै छुनुहुन्न ।

५) राति कतिखेर सुत्नुहुन्छ ?
सामान्यतया हामी साढे नौ बजेभित्र खाना खाइसक्छौँ । ढिलोमा ११ बजे निदाइसक्नुहुन्छ ।

६) घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?
गर्मी मौसममा कुर्ता–पाइजामा लगाउनुहुन्छ । जाडोमा ट्रयाक सुट मन पराउनुहुन्छ । सञ्चारमाध्यम र समाचार

७) पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने कत्तिको गर्नुहुन्छ ?
पढ्नुहुन्छ । बिहानको समयमा पत्रपत्रिका पढ्ने, टेलिभिजन र एफएममा समाचार हेर्ने/सुन्ने गर्नुहुन्छ । साँझ र राति पनि टेलिभिजनमा समाचार हेर्नुहुन्छ ।

८) आफ्नोबारेमा आएका समाचारबारे कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
सामान्य प्रतिक्रिया । साँचो समाचार छ भने केही भन्नुहुन्न । अलि बंग्याएर नभएको कुरा आएको रहेछ भने ‘झुटो लेख्यो’ भन्नुहुन्छ ।

प्रकाशित मिति: : 2021-07-14 08:58:00

प्रतिकृया दिनुहोस्