सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गते बस्न आदेश दिएको छ। प्रतिनिधिसभा पुनर्स्थापना गर्ने उक्त निर्णयसँगै भोलिसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गरिसक्न पनि आदेश दिएको हो।
सर्वोच्च अदालतले दोस्रो पटक विघटित प्रतिनिधिसभा पुर्स्थापित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरातपछि गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो ।
विपक्षी नेता शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन भएकोलेप्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ। साउन ३ गतेभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको छ।
यसअघि गत पुस ५ गते पनि प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । त्यसलाई सर्वोच्चले उल्टाएको थियो ।