महामारीमा दिनरात खटिएका स्वास्थ्यकर्मीले प्रधानमन्त्री ओलीले घोषणा गरेको जोखिम भत्तासमेत पाएनन्

कोरोना महामारीमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीप्रति संसारभर सम्मान व्यक्त भइरहेको छ। तर, नेपालका स्वास्थ्यकर्मी सरकारबाटै उपेक्षित महसुस गरिरहेका छन्। सरकारले घोषणा गरेको जोखिम भत्तासमेत उनीहरूले पाएका छैनन्।

कोरोना महामारीको दोस्रो लहर भयावह बन्दै गएपछि प्रधानमन्त्री केपी ओलीले गत २० वैशाखमा स्वास्थ्यकर्मीसहितका फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका थिए। तर, दुई महिना बित्दासमेत उनीहरूले भत्ता पाउन सकेका छैनन्।

‘कोरोनाको पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ,’ प्रधानमन्त्री ओलीले २० वैशाखमा देशवासीका नाममा सम्बोधन गर्दै भनेका थिए। लगत्तै मन्त्रिपरिषद्ले फ्रन्टलाइनर स्वास्थ्यकर्मी, एम्बुलेन्सचालक र सफाइकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो। 

प्रकाशित मिति: : 2021-07-11 06:53:00

प्रतिकृया दिनुहोस्