माओवादी केन्द्र विघटनकाे माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारीमा बादल समूह

नेकपा माओवादी केन्द्र र एमालेकाे एकता भङ्ग भएपछि एमालेमै रहेका रामबहादुुर थापा ‘बादल’ लगायत नेताहरूले नेकपा माओवादी केन्द्र विघटन गर्न माग गर्दै आज (बुधबार) सर्वाेच्च अदालतमा रिट निवेदन हाल्ने भएका छन्।

महाधिवेशन नगरिएको र अन्य प्रक्रियासमेत नमिलाइएकाले  माओवादी केन्द्र विघटनयोग्य रहेकाले  सर्वोच्च अदालत र निर्वाचन आयोगमा निवेदन दिन लागिएको नेता टाेपबहादुर रायमाझीले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘यस विषयमा कानुन व्यवसायीसँग छलफल गरी आज अदालत र निर्वचन आयाेगमा जाने तयारीमा छाैं। ’ नेता रायमाझीले भने। ‘अध्यक्ष प्रचण्डले पार्टीलाई विधि अनुसार चलाउनु भएकाे छैन्, उहाँकाे पार्टी भूमिगत तरिकाले चलेकाे छ, त्यसहिसाबले  नेपालका राजनितिक दलहरूलाई सहि स्टममा ल्यानका लागि पनि याे आवश्यक भएकाेले हामी अदालत जान लगेका हाैं।’

उनले प्रचण्डले लामाे समय सम्म महाधिवेशन नगरेर पार्टीलाई गलत ढंगले चलाउन खाेजेकै कारण आफूहरू एमालेमा रहन बाध्य भएकाे बताएका छन्।   

पहिलोपटक गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएयता तत्कालीन गृहमन्त्री बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी,  दावा तामाङलगायत नेता माओवादी केन्द्र छाडेर एमाले (ओली समूह) मा प्रवेश गरेका हुन्। 

प्रकाशित मिति: : 2021-07-07 10:10:00

प्रतिकृया दिनुहोस्