बुधबार, १७ डिसेम्बर २०२५

करण जोहरको फिल्ममा 'रणवीर सिंह र आलिया भट्ट'

File photo
• • •

बलिउड फिल्मका निर्देशक करण जोहरले नयाँ फिल्मको औपचारिक घोषणा  गरेका छन्। 

उनको बन्न लागेको फिल्म ‘रक्की और रानी कि प्रेम कहानी’ को मंगलवार घोषणा गरेका हुन्। जसमा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट मुख्य अभिनयमा रहनेछन्। यसअघि पनि उनीहरुले ‘गुल्ली ब्वाई’ मा काम गरिसकेका छन्। 

करणले फिल्मको घोषणा गर्दै सोसल मिडियामा लेखेका छन्, ‘आफ्ना मनपर्ने व्यक्तिलाई सामुन्ने राखेर क्यामेराको पछाडि गएर काम गर्न निकै उत्साहित छु।’ उक्त फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारी गरिएको छ। 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!