प्रचण्डलाई तनाव: एमालेमा एकताको सङ्केत देखिएपछि माधव नेपाल भेट्न विमानस्थलबाट सीधै कोटेश्वर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वरस्थित माधवकुमार नेपालको निवास पुगेका छन्।

अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने ठोकुवा गरेर जनकपुरबाट काठमाडौं उडेका प्रचण्ड विमानस्थलबाट सिधै नेपाल निवास कोटेश्वर पुगेका हुन्।

एमालेको एकता जोगाउन गठन भएको कार्यदलकाे बैठक अहिले सिंहदरबामा चलिरहेको छ। 


सर्वोच्च अदालतको फैसलाअघि नै एमाले विवाद समाधान खोजिँदै, ओली-नेपाल संयुक्त वक्तव्यको गृहकार्य  

एमाले अध्यक्ष ओली र नेता नेपालबीच गत जेठ २ गते सिंहरबारमा भएको छलफलपछि उक्त कार्यदल गठन भएको थियो।

पछिल्लो कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट संयोजकमा पूर्वसभामुख  सुवासचन्द्र नेम्वाङ र सदस्यहरुमा उपप्रधानमन्त्री एवम् गृह र अर्थमन्त्री विष्णु पौडेल, लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल छन्।

वरिष्ठ नेता नेपाल पक्षबाट एमाले उपाध्यक्ष भीम रावल संयोजक र सदस्यहरुमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

प्रकाशित मिति: : 2021-07-06 15:34:00

प्रतिकृया दिनुहोस्