वेदले जातपात भन्दैन, छुवाछुत नमान्न हामीलाई केले राेक्छ ?

शिलापत्र

काठमाडौँ

  शुभाष चन्द्र पोख्रेल

रूपा सुनार र सरस्वती प्रधानबीच कोठा भाडामा लिनेदिने सन्दर्भमा भएको एउटा घटना अहिले चर्चामा छ । दलित र छुवाछुतको सन्दर्भमा पछिल्लो समय निकै बहसमा आएको उक्त घटनाको यथार्थ र गाम्भीर्यबारे यो आलेखमा चर्चा नगरौँ  ।

बरु उक्त घटनापछि सामाजिक सञ्जालको ´कचहरि` नियाल्दा देखिएका  केही ´निम्छरा` सोचबारे थोरै कुरा गरौँ ।  सामाजिक सञ्जालमार्फत धेरैलाई अर्ती उपदेश दिने कतिपय युवा र ´पठित`हरूले घुमाउरो पारामा यस्तो भन्ने गरेको सुनियो– ´जातपात र छुवाछुत भन्ने कुरा मलाई त विश्वास छैन तर मैले मेरा पाका उमेरमा आमा-बाको आस्थामा हस्तक्षेप गर्न वा चोट पुर्‍याउन सक्दिनँ ।` अर्थात् छुवाछुत भन्ने चीज हामीले मान्दैनौँ तर मान्नेलाई मान्न दिनुपर्छ भन्नेखालको  द्वैध  शैली ।

हो पुरानो पुस्तामा ´छुवाछुत` र ´दलित` सम्बन्धी मान्यता संस्कारकै रूपमा जरा गाडेको छ । यस्तो जडतालाई तोड्न निकै गाह्रो छ तर प्रयास त हामीले नै गर्नु छ नि, हटाउनैपर्ने सामाजिक कुसंस्कारलाई हलुका रूपमा लिँदै ´मलाई त  जातपातको मतलब छैन तर अरुलाई मनाउन सक्दिनँ` भन्ने खाले आशय सार्वजनिक मञ्चमा व्यक्त गर्दा कताकता चित्त नबुझ्ने ।

खासमा यो लेखमार्फत ´दलित र छुवाछुत`बारे वैदिक समाजशास्त्र र साहित्यसँग जोडेर चर्चा गर्न खोजिएको हो, त्यसअघि मसिनो गरी समाजमा बाँचिरहेको ´छुवाछुत`को  मानसिकतालाई हटाउन निकै सानासाना प्रयासहरूलाई पनि बाँकी छोड्नु हुँदैन भन्ने केही घटनाको टिप्पणीसहित आलेख सुरु गर्न चाहन्छु ।

प्रकाशित मिति: : 2021-07-02 21:45:00

प्रतिकृया दिनुहोस्