बिएल संवाददाता
अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको घोर्यान जिल्लामा तालिबानी समूहले गरेको आक्रमणलाई सरकारी फौजले विफल बनाएको छ।
प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा सैनिक कार्यवाहीमा २० जना तालिबानी लडाकूको ज्यान गएको र अरु कैयौं घाइते लडाकूहरु त्यहाँबाट भागेको उल्लेख छ।
बिहीबार बिहानै सयौं तालिबानी लडाकूहरुले घोर्यान जिल्लालाई चारै तर्फबाट घेरा हाली आक्रमण गरेका थिए। आक्रमणमा संलग्न २० जनाभन्दा बढी लडाकू घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारी सेनाले हवाई सहायताबाट तालिबान समूहमाथि आक्रमण गरेको थियो।
सरकारी फौज तर्फ एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सेनाले घोर्यान जिल्लाको सदरमुकाम र आसपासका क्षेत्रमा सक्रिय तालिबानी समूहलाई लखेट्न थप कार्यवाही गर्ने तयारी गरेको छ।
अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले हाल ७० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको बताइएको छ। तालिबान समूहले घोर्यान जिल्लाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन।
अफगानिस्तानमा विगत २० वर्षदेखि रहेका अमेरिकी र नेटो आबद्ध सेनाले आगामी सेप्टेम्बर ११ अगाबै अफगानिस्तान छाड्ने भएपछि तालिबान समूहले सरकारी फौजमाथि आक्रामक नीति अपनाएको छ। रासस
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया