कालिगण्डकीको ८० प्रतिशत पानी डाइभर्ट गर्ने ‘ड्रिम प्रोजेक्ट’

शिलापत्र

काठमाडौँ

अनुप पाैडेल र विकाश पराजुली

 

कालिगण्डकी–तिनाउँ बहुउद्देश्यीय डाइभर्सन आयोजनालाई लिएर विवाद बल्झेकाे छ । गत १२ असारमा उपप्रधानमन्त्री विष्णु पौडेलले वातावरणीय र थप प्राविधिक अध्ययन गर्ने गरी बुटवलमा आयोजनाको कार्यालय उद्घाटन गरे । त्यही दिन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र तटीय क्षेत्रका पालिकाहरूले विरोध जनाए । दुई वर्ष पहिला पनि विष्णु पौडेलले यो आयोजना अगाडि बढाउन खोज्दा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै हालतमा आयोजना सम्भव हुन नदिने उद्घोष गरेका थिए ।

एमालेकरै नेता खरो विरोधमा उत्रेपछि यो आयोजनाको कुरा २२ महिनादेखि साम्य थियो । यो आयोजना नै खारेज हुने गरी भने पृथ्वीसुब्बाले कुनै कदम चालेनन् । पृथ्वीसुब्बा सत्ताच्यूत भइसकेका छन् । केन्द्रमा विष्णु पाैडेलले भने ऊर्जा तथा जलस्रोत मन्त्रालयकाे पनि जिम्मेवारी सम्हालिरहेका छन् । त्यसैले उनले याे आयोजनाको काम अगाडि बढाएका हुन् ।

१० असारमा ओली क्याबिनेटमा पौडेलले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, गृहसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मा पाएका थिए । ऊर्जामन्त्री भएको तेस्रो दिनमा उनले डाइभर्सन आयोजनाको कार्यालय बुटवलमा उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति: : 2021-07-01 11:33:00

प्रतिकृया दिनुहोस्