निगमका जहाजले अन्तरराष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने भएको छ।

उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्ति मार्फत जनाएको छ। सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका तर्पmबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका थिए।

सन् २०२१ जुलाई १ देखी लागू हुने सो सम्झौता अन्तर्गत विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुनेछन्।

यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनी मार्फत सो काम गराईरहेको थियो। यो सेवाबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ।

निगमले विभिन्न सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ। हाल दुई वाइड बडी र दुई न्योरोबडी जहाज मार्फत उडान भइरहेको छ। रासस

प्रकाशित मिति: : 2021-06-29 19:23:00

प्रतिकृया दिनुहोस्