कोरोना कहरः हिँड्दै–डुल्दै गाउँ–गाउँ पुग्छन् भूटानी राजा

Photo - Reuters

भूटानी राजा जिग्मे खेसर नामग्याल वाङचुक पछिल्लोपल्ट गाउँ–गाउँ पुगेका छन्। उनी राजकीय तामझाम भन्दापनि जनसेवकको भूमिकामा बढी नै देखिनेगरेका छन्। 

कोरोना त्राश गाउँ–ठाउँमा फैलिएपछि राजा वाङचुक भूटानी जनताको हालचाल बुझ्दै जनस्तरमा पुगेका हुन्। उनी प्रायः पैदल यात्रामा देखिन्छन्। कहीँकतै घोडाको सहयोगमा ग्रामीण बस्तीसम्म पुग्ने गरेका छन्। 

कोरोना संकटको शुरुवात चरणदेखि नै भूटानी राजा वाङचुक हिँड्दै–हिँड्दै सुदूर गाउँमा पुगेका थिए। उनी आफै पनि पटकपटक राजधानी थिम्पूमा कोरोना कहरले गुप्तबास बसका छन्। 

पूर्वी हिमालय देश भूटानका ४१ वर्षीय राजा वाङचुक आजकाल नागरिकप्रति सचेतना जगाउन लागिपरेका छन्। गाउँ यात्राको क्रममा राजालाई मानिसहरूले सम्मान गर्ने गरेको भूटानी प्रधानमन्त्री लोते शेरिङले बताएका छन्। उनले भने, ‘राजा जब मानिसहरूलाई भेटेर कुराकानी गर्छन्, उनीहरूले पूरा सम्मान र गम्भीरताका साथ लिन्छन्।’ 

राजाले नागरिकलाई महामारीमा आड, भरोसा दिने गरेका छन्। ताकी उनीहरू एक्लो महसुस नगरुन्। कोरोनाबाट मृत्युभएका वा संक्रमित परिवारका सदस्यलाई राजाले जागरुक अभियान थालेका छन्। 

भूटानी राजा वाङचुक केही हप्तायता पाँच दिने पहाड यात्रामा निस्केको थिए। उनी जनताको सेवा खटिदा मिडियाबाट टाढै बस्न रुचाउँछन्। तर, सामाजिक सञ्जालमा भने यात्रा तथा भेटवार्ताको अपडेट गराउँछन्।

प्रकाशित मिति: : 2021-06-28 16:08:00

प्रतिकृया दिनुहोस्