राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ताजस्तो : देउवा 

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गरेका छन्।

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए।

‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन् । केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ’ उनले भने।

संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत भएको भन्दै देउवाले आफूहरूको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2021-06-26 18:50:00

प्रतिकृया दिनुहोस्