जातव्यवस्थाविरोधी लडाइँमा दलित मात्रै कहिलेसम्म ?

कोरोना भाइरसले प्रताडित हामी सबै आफ्नो जोहो गर्ने कोसिसमा छौँ। कोरोना भाइरसकै कारण जागिर गुमाएका, चार कोठा लिएर बसेका परिवार दुई कोठामा खुम्चिनुपरेको कुरा सत्य हो। जसमध्ये म पनि एक पात्र हुँ। चलिरहेको दैनिकी फेरबदल भएपछि आवश्यक खर्च कटाउने तरखरमा कोठा सर्ने भयौँ। आफ्ना वरिपरिका साथीहरू चिनेजानेकासँग कोठाबारे बुझ्न लगायौँ। एक–दुईजनाले कोठा पाएर नम्बर दिएपछि फोनमा कोठाबारे बुझ्यौँ। कोठामा बस्ने, कोठाका नीतिनियम, बुझाउनुपर्ने रकम र अझ सञ्चारमाध्यममा काम गर्ने बस्ने भन्दा उत्साहित भएका घरबेटीले अन्तिममा के थरी रे साच्चै भन्दा मैले आफू विश्वकर्मा भन्दा त्यस्ता धेरै कोठाहरू नपाएको अनुभव स्वयं मसँग छ। 

अझै कोठा खोज्ने क्रम जारी छ। यही क्रममा १ असार मंगलबार, साँझ ७:३० बजे रुपा सुनारले ३ मिनेट ७ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि आफू र आफूजस्ता कैयौँ साथीले भोग्नुपरेको अवस्था सम्झिएँ। हो, आफूमाथि भएको जातीय विभेदको विषयलाई कानुनी रूप लिने जुन हिम्मत रुपाले गरिन्, उनको त्यो आँटलाई सम्मान गर्न चाहन्छु। रुपा मात्र एउटा विभेद भोगेकी दलित महिला होइनन्, अब रुपा सुनार सिंगो मुद्दा हुन्, विभेदबारे डट्ने अभियान पनि। 

प्रकाशित मिति: : 2021-06-26 13:04:00

प्रतिकृया दिनुहोस्