महाबुको प्राथमिकतामा शिक्षा, कृषि, सडक र खानेपानी

Photo - RSS
Photo - RSS

भौगोलिकरुपमा विकट  महाबु गाउँपालिकाले विकास र समृद्धिको नारा बोकेर आगामी आर्थिक वर्षका लागि रु ३९ करोड ४८ लाख १५ हजार बराबरको बजेट विनियोजन गरेको छ।

नवौंँ गाउँसभामा पेश गरिएको बजेटमा शिक्षा, कृषि, सडक, र खानेपानीलाई प्राथमिकतामा राखिएको छ। सोमध्ये पूँजीगततर्फ रु १० करोड नौ लाख र चालुतर्फ रु सात करोड २४ लाख बराबर बजेट विनियोजन गरिएको छ।

उपाध्यक्ष प्रेमकुमारी बुढाले प्रस्तुत गरेको बजेट मन्तव्यमा पालिकाका सबै सडक स्तरोन्नति गरिने  उल्लेख छ। शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माणलगायत भौतिक संरचना बनाइने भनिएको छ।

खानेपानीका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण अभियानलाई निरन्तरता दिइएको छ। रासस

प्रकाशित मिति: : 2021-06-25 19:28:00

प्रतिकृया दिनुहोस्