मधेस सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीले दिए राजीनामा

नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरिएकाे छ।

आइतबार दुई मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएसँगै माओवादी मधेस सरकारबाट बाहिरिएका हाे।

राजीनामा दिनेमा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन्।

यसैगरी माओवादीले सरकारलाई दिएकाे समर्थनसमेत फिर्ता लिएकाे छ। 

योसँगै मधेस प्रदेसको सरकार अल्पमतमा परेको छ। यही वैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिँदा ६१ मत पाएका थिए।

१०७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ। माओवादी बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको हाे।

मधेसमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, नेकपा (एकीकृत समाजवादी) का ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक-एक सांसद रहेका छन्।

प्रकाशित मिति: : 2024-05-12 16:28:00

प्रतिकृया दिनुहोस्