नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

Symbolic photo
Symbolic photo

कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ।

आइतबार दिउँसो कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हाे।

नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका उनीहरूकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीका जनाएकाे छ।

प्रहरीबका अनुसार खड्काको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो भने साउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हाे। 

प्रकाशित मिति: : 2024-05-12 17:21:00

प्रतिकृया दिनुहोस्