भादा नदीमा हाम फाल्न खोज्ने भारतीय महिलालाई प्रहरीले जोगायो

बर्दियाको भादा नदीमा हाम फाल्न खोज्ने भारतीय महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

बर्दियाको भादा नगरपालिका-८ स्थित भादा नदीमा हाम फाल्न खोज्ने भारत बहराइच थाना मोतिपुर ग्राम बलैयागाँउकी ४० वर्षीया जलदैया थारुलाई प्रहरीले सकुशल उद्धार गरेको हो।

भारतीय महिला नदीमा हाम फाल्न खोजेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले ती महिलालाई उद्धार गरी श्रीमानको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-25 11:14:00

प्रतिकृया दिनुहोस्