संयुक्त राज्य अमेरिकामा बिहीबार राति १२ तले भवन भत्किदा ९९ जना मानिसहरू बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा अमेरिकी आप्रवासी रहेका छन्।
अहिलेसम्म एक जनाकाे मृत्यु भएकाे पुष्टी भएकाे छ भने भग्नावशेषभित्र पुरिएकाहरूकाे उद्दार कार्य चलिरहेकाे प्रहरीले जनाएकाे छ।
भवन भत्किएकाे क्षेत्र मायामीका मेयर डेनीयला लेभिन-काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्।
भवन भत्किनुको कारण भने अझै खुल्न सकेकाे छैन।
फ्लोरिडाका गर्भनरसमेत घटनास्थलकाे अध्ययन गरिरहेका छन्। सैयौँ उद्धारकर्ता घटनास्थलमा खटिएका छन्।