बिएल संवाददाता
युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १४ घर भई हालै दक्षिणकाली नगरपालिका-७ मा बस्ने २९ वर्षीय सुरेश तिमल्सिना रहेका छन्।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परीसर काठमाडौँको टोलीहरुले संयुक्त अनुसन्धान गर्ने क्रममा उनी पक्राउ परेका हुन्।
गत आइतबार सुब्बाले आफूलाई खान बस्न समस्या भएको तिमल्सिनालाई बताएकी थिइन्। सोही कुराको फाइदा उठाउँदै उनले सुब्बालाई खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर लगेर जबर्जस्ति गर्न खोजेका थिए।
तर सन्तोषीले प्रतिकार गरेपछि तिमल्सिनाले घाँटी थिची हत्या गरे पश्च्यात ढुंगाले अनुहारमा पटकपटक प्रहार गरेको प्रहरी अनुसन्धानले खुलाएको छ।
हत्या गरेर फरार रहेका तिमल्सिनालाई बुधबार लुकिछिपी बसेको स्थान काठमाडौँ-२७ कमलाक्षी इनवहालबाट महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया