भारतीय विदेशमन्त्री एस जयशंकर र केन्या समकक्षीबीच भेटवार्ता

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : Hindustantimes.com
Photo : Hindustantimes.com

भारतीय विदेशमन्त्री एस जयशंकरले केन्या सकमक्षी रेसेल ओमामोसँग भेटवार्ता गरेका छन्।

केन्याको तीन दिने भ्रमणमा गएका विदेशमन्त्री जयशंकरले केन्या समकक्षीसँग द्धिपक्षीय सहकार्य तथा क्षेत्रीय र ग्लोबल बिषयहरुमा छलफल गरेका छन्।

केन्या समकक्षी ओमामोसँगको भेटवार्तामा द्धिपक्षीय सबन्धबारे परिणाममूलक छलफल भएको जयशंकरले बताएका छन्। भारत र केन्या दुवै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्य राष्ट्र भएको हिसाबले क्षेत्रीय तथा ग्लोबल बिषयमा छलफल भएको जयशंकरले ट्विट गरेका छन्।

केन्या समकक्षीको साथमा विदेशमन्त्री जयशंकरको अध्यक्षतामा हुने भारत केन्या संयुक्त आयोगको आगामी तेस्रो बैठकमा द्धिपक्षीय सम्बन्धबारे समीक्षा हुने बताईएको छ।

विदेशमन्त्री जयशंकरले भारत केन्या सम्बन्धबारे अन्य केन्याका मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका छन्।

प्रकाशित मिति: : 2021-06-24 06:41:00

प्रतिकृया दिनुहोस्