छुवाछुत आरोपमा थुनाबाट रिहा भएकी प्रधानलाई शिक्षामन्त्रीले आफ्नै गाडीमा राखेर लगे (भिडियाे)

सञ्चारकर्मी रूपा सुनारलाई दलित भएका कारण आफ्नो घरमा कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधान रिहा भएकी छन्।

प्रधानलाई छुटाउनका लागि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए। प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर घर पुर्याएका हुन्। 

प्रमाण नपुगेकपछि जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दामा अदालतमा नलगेर रिहा गरिको थियो। उनलाई प्रहरीले आइतबार पक्राउ गरेकाे थियाे। 

 

 

 

प्रकाशित मिति: : 2021-06-23 15:19:00

प्रतिकृया दिनुहोस्