बिएल संवाददाता
नोबेल शान्ति पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिवाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ।
'भोग' पत्रिकामा दिएको एक अन्तर्वातामा बिवाहबारे मलालाको टिप्पणीले धार्मिक कट्टरवादी मुलुक पाकिस्तानमा तरंग पैदा भएको छ।
अन्तर्वातामा बिवाहबारे सोधेको प्रश्नमा मलालाले बिवाहको बन्धनमा बाँधिन पर्ने किन बाध्यता हुन्छ भनेर प्रतिप्रश्न गरेकी थिईन्। बिवाहको बन्धनमा हस्ताक्षर नगरेर कोही व्याक्तिसँग साझेदारीमा किन बस्न सकिँदैन भनेर मलालाले टिप्पणी गरेपछि पाकिस्तानमा आलोचना भएको हो।
धार्मिक मुलुक पाकिस्तानमा २५ बर्ष भन्दा बढी उमेरका करिब ८६ प्रतिशत महिलाहरु विवाहित भइसकेका हुन्छन्। पाकिस्तानको खैबर पख्तुन्खवा प्रान्तमा एक धार्मिक नेताले मलालाको टिप्पणीपछि उनीमाथि हिंसात्मक आक्रमण गर्ने धम्की दिएपछि पक्राउ परेका छन्।
पाकिस्तानमा बिवाहको असमान मान्यता बिरुद्ध आवाज उठाउँदा परम्परा बिरोधी तथा पश्चिमीकरणको संज्ञा दिईने साराह खानले द वासिंगटन पोष्टमा टिप्पणी गरेकी छन्।
नोबेल शान्ति पुरस्कारबाट सम्मानित मलाला पाकिस्तानमा महिला शिक्षा अधिकारको वकालत गर्दै आएकी छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया