प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका ३० रिटमा सुनुवाइ सुरु: आज १४६ सांसदले दिएको पहिलाे रिटमा छलफल हुने

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमा आजदेखि सुनुवाइ हुँदैछ।

गत जेठ ७ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा ३० वटा रिट परेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलाससमेत गठन गरेका थिए।

आज पहिलो रिट अर्थात १४६ सांसदले दिएको रिटमा पहिलो सुनुवाइ हुने सर्वोच्च स्रोतले जानकारी दिएको छ। 

प्रकाशित मिति: : 2021-06-23 07:59:00

प्रतिकृया दिनुहोस्