सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली सरकारका २१ जना नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारीमुक्त हुने आदेश दिइसकेको छ।
प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चको आदेशसँगै जिम्मेवारीमुक्त हुने मन्त्रीहरु उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ पनि हुन्।
यी दुई मन्त्रीहरु आज (मंगलबार) दिउँसो साढे १२ बजे बाढीले क्षति पुर्याएको मेलम्ची क्षेत्र र हेलम्बु क्षेत्रको अवलोकनका लागि हेलिकप्टरबाट सिन्धुपाल्चोकतर्फ उडेका थिए।
अचम्म त के भयो भने उनीहरु अवलोकन गरेर हेलिकप्टरमार्फत् फर्किदै गर्दा यता सर्वोच्चले २१ जना मन्त्रीलाई जिम्मेवारीमुक्त गर्यो।
उनीहरु हेलिकप्टरबाटै मन्त्रीको जिम्मेवारीमुक्त भएका छन्।