हेमन्त विवश
पाँच दिनदेखि लगातार परिरहेको वर्षाका कारण डोटीमा पहिरो जाँदा दुई बालबालिकाको मुत्यु भएको छ।
मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका-५ का ७ बर्षीय बालक बिनोद भण्डारी र ११ बर्षीया बालिका जेनिषा विष्ट रहेका छन्।
बिहिवार साँझ दिपायल सिलगढी नगरपालिका-५ को चिसापानी भन्ने ठाउँमा पहिरो जाँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी ईन्द्रबहादुर मल्लले जानकारी दिए।
बाख्रा चराउन गएका उनीहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा पुरिएका थिए। पहिरोमा फसेको खबर सुनेपछि नेपाल प्रहरीलगायत स्थानीयले उनीहरुको शव फेला पारेको हो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया