डाँका चोरी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ  

Symbolic photo
Symbolic photo

डाँका चोरी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्।

धनगढी पमहानगरपालिका-२ बस्ने ५० वर्षीय गोबिन्द राज अवस्थीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

कैलाली साबिक मालाखेती गाबिस-७ मा २०६५ मंसिर ५ गते यार्सागुम्बालगायत नगद तथा जिन्सी सामान डाँका चोरीमा संलग्न रहेका अवस्थीलाई जिल्ला अदालत कैलालीको २०६८ असार ३१ गतेको फैसलाले ६ वर्ष कैद र ४५ लाख ३८ हजार ५ सय ५० रुपैयाँ जरिवाना भएको थियो।

साथै सोही मुद्दामा पुनरावेदन अदालत दिपायलको २०७० फागुन ६ गते र सर्वोच्च अदालतको २०७६ साउन २७ गतेको फैसलाले जिल्ला अदालत कैलालीकै फैसला सदर गरेकोमा ५ वर्ष ११ महिना ३ दिन कैद र उक्त जरिवाना बाँकी रही फरार रहेका उनलाई धनगढी उपमहानगरपालिका-३ बाट प्रहरीले पक्राउ गरेको हो।

उनलाई कैद भुक्तान र जरिवाना असुलीका लागि कैलाली कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-13 18:04:00

प्रतिकृया दिनुहोस्