नयाँदिल्लीमा जिम र सैलून खोल्न माग गर्दै सरकारलाई पत्र

बिएल संवाददाता

नयाँदिल्ली
Photo - NDTV

भारतको नयाँदिल्लीमा कोरोना संक्रमित संख्या घढ्न थालेसँगै जिम तथा फिटनेस सेन्टर र सैलून खोल्न माग गरेका छन्।

व्यापारीहरूको संगठन सीटीआईले दिल्लीमा जून १४ देखि मसाज सेन्टर, जिम हाउस र सैलून खोल्न राज्य सरकारसँग माग गरेको हाे।

सीटीआईले सरकार र डीडीएमएको पत्र खेल्दै यी क्षेत्र खोलिदिन आग्रह गरेको छ। दिल्लीमा कोरोना महामारीको रफ्तार दिनहुँ घट्दै राज्यको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले छिट्टै ‘अनलक’का लागि आपसी प्रक्रिया शुरु गरेको बताइएको छ।

पछिल्लो साता दिल्लीमा भौतिक दुरीको पालना गर्दै किराना तथा रक्सी पसल खोल्न स्थानीय प्रशासनले अनुमति दिइसकेको छ। 

बन्दाबन्दी सकिएपछि दिल्लीमा ५० सीटे मेट्रो रेल पनि सञ्चालनमा आउने बताइएको छ।

दिल्ली सरकारले जिम तथा फिटनेस, मसाज सेन्टर, मनोरञ्जन तथा सार्वजनिक पार्क, बगैँचा, फिल्म हल, साप्ताहिक बजार, शिक्षण संस्था, थिएटर, रेस्टुरेन्ट तथा बार, सैलून, ब्यूटी पार्लर पूर्ण रुपमा बन्द गरेको छ।

प्रकाशित मिति: : 2021-06-12 19:58:00

प्रतिकृया दिनुहोस्