गण्डकी प्रदेशकाे गृहमन्त्रीमा दिपक मनाङेको दाबी

File photo
File photo

राजिव गुरुङ ‘दिपक मनाङे’ले गण्डकी प्रदेश सरकारको गृहमन्त्रीमा दाबी गरेका छन्।

कांग्रेस नेतृत्वमा बन्न लागेको सरकारमा मनाङेले गृहमन्त्रीको दाबी गरेको स्रोतले जानकारी दियो। 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा माओवादी, जसपा र जनमोर्चा गठबन्धनको सरकार बन्ने भएको छ।

उक्त गठबन्धनमा मिसिएका मनाङेले आन्तरिक मामला तथा कानून मन्त्रालयमा दाबी गरेका हुन्। प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेसम्म नयाँ सरकार दाबी गर्नका लागि आह्वान गरेकी थिइन्।

पोखरेलले शुक्रबारै बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रकाशित मिति: : 2021-06-12 14:51:00

प्रतिकृया दिनुहोस्