जम्मू–कश्मीरः आतंकवादी आक्रमणमा प्रहरीसहित ४ जनाको मृत्यु

Photo - Live Hindustan
Photo - Live Hindustan

जम्मू–कश्मीरको सोपोरमा भएको आतंकवादी आक्रमणमा दुई प्रहरीसहित चार जनाको मृत्यु भएको छ।

आरामपोरा नाका नजिकै शनिबार बिहान आतंकवादी संगठन लश्कर–ए–तैयबाले प्रहरी र सीआरपीएफको संयुक्त समूहमाथि आक्रमण गरेको हो।

आक्रमणबाट दुई प्रहरी जवानसहित दुई जना स्थानीय नागरिकले ज्यान गुमाएको कश्मीरका आईजी विजयकुमारले जानकारी दिए। हमलाबाट अन्य दुई सुरक्षाकर्मी घाइते भएको बताइएको छ।

जम्मू–कश्मीरको शोपियामा शुक्रबार पनि आतंकवादीहरूले सुरक्षाकर्मीको एक दलमाथि आक्रमण गरेको थिए। तर, यस घटनामा भने कुनै मानवीय क्षति भएन।

सुरक्षाकर्मीले यसैसाता जम्मू-कश्मीरको पुलवा जिल्लाबाट पाँच किलोग्राम विस्फोटक पदार्थ मरामद गरेको पुलवा प्रहरीले जनाएको छ।

दक्षिण कश्मीर जिल्लाको त्राल क्षेत्रमा भारी विस्फोटक पदार्थको आशंकापछि सर्च अभियान चलाएको सैनिकका एक प्रवक्ताले बताए।

प्रकाशित मिति: : 2021-06-12 14:40:00

प्रतिकृया दिनुहोस्