‘दिपक मनाङे’ भेट्न जाँदा पक्राउ परेका गणेश लामा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई शुक्रबार २ हजार रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो।
कास्की प्रहरीले कांग्रेसनिकट लामासहित तीन जनालाई बिहिबार पक्राउ गरेको थियो।
निषेधआज्ञा तोडेर पोखरा पुगेको भन्दै उनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।
लामाले निषेधाज्ञाको अवज्ञा गरेको भनिए पनि कांग्रेस सभापति शेरबहादुर देउवाको दुत बनेर मनाङे भेट्न गएका थिए।