एमाले पुरानै संरचनामा फर्किँदा ओली र नेपाल को बलियो ? (सूचीसहित)

शिलापत्र

काठमाडाैं

सर्वोच्च अदालतले २७ जेठको आदेश अनुरूप एमाले २ जेठ ०७५ कै पार्टीगत संरचना फर्कियो भने अध्यक्ष केपी ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालबीचको शक्ति संरचना निकै रोचक देखिन्छ।

एमालेको २०५ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष ओली बहुमतमा देखिन्छन्। तर, पार्टीका माथिल्ला संरचनामा भने खनाल–नेपाल पक्ष बलियो देखिन्छ। त्यसले ओलीलाई समस्या भने पर्ने देखिन्छ। अझ, योबीचमा खनाल–नेपाल समूहमा ढल्किएका बामदेव गौतमसहित उनीसँग बाँकी रहेका केही नेताहरू पनि खनाल–नेपाल समूहमा जोडिने अवस्था आएमा ओली केन्द्रीय कमिटीमा कमजोर बन्ने देखिन्छ।

त्यसो त, योबीचमा खनाल–नेपाल पक्षका केही केन्द्रीय सदस्य ओली पक्षमा खुलेका छन्। उनीहरू पार्टी विभाजन गर्ने खनाल–नेपालको मनसायसँग मात्रै असहमत रहेको तर एजेण्डाको रूपमा टाढा नरहेको दाबी गर्नेहरू पनि छन्। र, २ जेठ ०७५ कै पार्टी संरचनामा फर्किएको अवस्थामा खनाल–नेपाल पक्षको नैतिक विजयले केन्द्रीय कमिटीमा समीकरणमा केही फेरबदल ल्याउन सक्छ। 

१३ पदाधिकारीमा ओलीसँग ५ जनामात्रै 

नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको संख्याका आधारमा हेर्दा खनाल–नेपाल पक्ष बलियो देखिन्छ। महाधिवेशनबाट १४ सदस्यीय पदाधिकारी निर्वाचित भएका थिए। तर, उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएपछि पदाधिकारी संख्या १३ भएको हो। नवौँ महाधिवेशनबाट निर्वाचित भण्डारीबाहेक चार उपाध्यक्षमध्ये एक जना पनि ओलीको पक्षमा छैनन्।

प्रकाशित मिति: : 2021-06-11 16:33:00

प्रतिकृया दिनुहोस्