मनाङेका कारण ढलेको गुरुङ सरकारलाई माधव नेपाल पक्षको भने साथ, अब के हुन्छ गण्डकीमा?

पहिलोपोष्ट

काठमाडौं

पोखरा : २९ वैशाखमा दोस्रो पटक ठुलो दलको नेताका  हैसियतले पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भए। सपथ ग्रहणपछि पत्रकारहरुसित संक्षिप्त कुराकानी गर्दै उनले आफुलाई सदनले विश्वासको मत दिने दाबी गरे -विश्वासको मत पाउँछु कि पाउँदिन। त्योदिन देख्नु होला अस्थिरताका पक्षधरहरुलाई  हराउँछु।

त्यसलगत्तै मुख्यमन्त्री गुरुङ मन्त्रालय विस्तार, राजनीतिक नियुक्ति तथा विभिन्न आयोजनाका शिलान्यासमा व्यस्त भए। विश्वासको मत लिने दिन नजिकिदै गर्दासमेत उनी त्यसको तयारीमा भने लागेका थिएनन्। विश्वासको मत पाउनेम उनी ढुक्क थिए। सोहीअनुरुप १६ जेठमा प्रदेश सभाको बर्खे अधिवेशन राखियो। आफू अल्पमतमा रहेको थाहा हुँदाहुँदै उनकै सरकारले बजेटको तयारी थाल्यो। प्रदेश सभामा बजेटको सिद्धान्त तथा प्राथमिकतासमेत पेश गरियो। यसरी बहुमत पुग्ने दाबी गर्दै बजेटको तयारी थालेको गुरुङ सरकार ढलेको छ।



मनाङेले भनेः 'विश्वासको मत त्यो मान्छेलाई चाहिन्छ, जसले सरकार बचाउछ'

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासकाे मत, प्रदेश सरकार ढल्याे 



मुख्यमन्त्री नियुक्त भएको १ महिनामा विश्वासको मत लिनै पर्ने संवैधानिक बाध्यताका कारण उनले बिहीवार विश्वासको मत मागेका थिए। तर आफैले मन्त्री बनाएका स्वतन्त्र सांसद दिपक मनाङेले अन्तिम समयमा साथ छाड्दा उनको सत्ता ढलेको हो। गुरुङले यो पटक पनि सदन फेस नगरी राजिनामा दिने चर्चा चलेको थियो।  अघिल्लो पटक पनि अविश्वास प्रस्ताव माथि मतदान हुनुभन्दा एकदिन अगवै मुख्यमन्त्रीबाट उनले राजिनामा दिएका थिए।



‘दिपक मनाङे’ भन्छन्ः मन्त्री हुनै मन थिएन, ट्रयापमा पारे

प्रकाशित मिति: : 2021-06-11 10:44:00

प्रतिकृया दिनुहोस्