गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासकाे मत, प्रदेश सरकार ढल्याे (भिडियाे)

गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्बीसुब्बा गुरुङले विश्वासकाे गुमाएका छन्।

प्रदेश सभामा विहिबार भएकाे मतदानमा गुरुङले  २७ जना र विपक्षले ३० मत प्राप्त गरेका हुन्।

विश्वासको मत लिन असफल भएपछि संविधानतः मुख्मन्त्री गुरुङ पदमुक्त भएका छन्। अब प्रदेश प्रमुख सिता पाैडेलले नयाँ सरकार गठनका लागि आव्हान गर्ने छिन्।

गण्डकी प्रदेश सभामा रहेका ५ दल मध्ये ४ वटा दल मुख्यमन्त्रीकाे विपक्षमा उभिएका छन्। गण्डकी प्रदेश सभामा विश्वासकाे मत प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनमाेर्चा र जनता समाजवादी पार्टीले विपक्षमा मतदान गरेका छन्।

मुख्मन्त्रीलाई विश्वासकाे मत पाउन ३१ जनाकाे मत चाहिएकाे थियाे। ६० सदस्यीय प्रदेश सभामा एमालेका २७ सांसदले मात्रै पक्षमा मतदान गरे। गुरुङ नेतृत्वकाे सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ बुधबारदेखि नै सम्पर्कविहिन छन्। उनी प्रदेश सभामा पनि उपस्थित भएनन्।

कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर यो गठबन्धनले अविश्वास प्रस्तावसमेत ल्याएको थियो। २ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो।

तर अविश्वास प्रस्तावमा मतदान हुन पाएको थिएन। १५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भएपनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए। पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थियो । मतदान हुनु एक दिनअघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए।



‘दिपक मनाङे’ भन्छन्ः मन्त्री हुनै मन थिएन, ट्रयापमा पारे 

पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री पद धरापमा पारेर 'दिपक मनाङे' गायब 

प्रकाशित मिति: : 2021-06-10 18:03:00

प्रतिकृया दिनुहोस्