
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफ्नो पद जोगाउन ३१ सांसदको मत आवश्यक पर्छ।
अहिले मुख्यमन्त्री गुरुङ आफ्नो पोल्टामा सांसद पार्ने दौडधुपमा सक्रिय छन्।
उनी एक सांसदको समर्थनले पनि मुख्यमन्त्रीको पद जोगाउन सक्छ। तर यतिखेर आफ्नो पद जोगाउन मन्त्री बनाएका सांसद नै सम्पर्कविहीन रहेका छन्।
बुधवार विपक्षी गठबन्धनलाई साथ दिने भन्दै अभिव्यक्ति दिएपछि एक सांसद सम्पर्कविहीन भएका हुन्।
उनी हुन् युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उफ् ‘दीपक मनाङे’।
मुख्यमन्त्रीको पद धरापमा लाग्दै गर्दा गत वैशाख १६ गते मनाङेलाई गुरुङले आफ्नो नेतृत्वको सरकार उनै दीपकलाई मन्त्री बनाएका थिए।
उनको मन्त्री पद १० दिनभन्दा बढी टिक्नै सकेन।
मुख्यमन्त्री गुरुङले आफूविरुद्ध संसद्मा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएपछि मनाङेको मन्त्री पद १० दिनमै खुस्कियो।
मनाङेले आफू मन्त्री हुन नचाहेको कुरा अहिले बताएका छन्। तर सत्ताधारी एमालेले घरमा आएर मन्त्री पद जोगाइदिन आग्रह गरेपछि मन्त्री भएको उनी तर्क गर्छन्।
‘मलाई त मन्त्री हुनै मन थिएन तर एमालेका मानछे घर–घरमा नै आइपुगे अनि खानै गर्यो’ दीपक मनाङेलाई उद्धृत गर्दै उनका एक आफन्तले बिएल नेपाली सेवालाई सुनाए।
मुख्यमन्त्री गुरुङ नयाँ प्रक्रियाबाट पुनः मुख्यमन्त्रीमा निर्वाचित भएपछि नयाँ मन्त्रिमण्डल विस्तार गरेका थिए। मनाङे छुट्ने कुरै भएन। फेरी मनाङेले युवा तथा खेलकुद मन्त्रालयमै शपथ खाए।
संविधान अनुसार मुख्यमन्त्री गुरुङले पुनः संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ। तर, यसपल्ट भने मन्त्री मनाङे मुख्यमन्त्रीको पक्षमा उभिएनन्। उनी बुधवार राति मुख्यमन्त्री, मन्त्री वा एमालेको सम्पर्कमा छैनन्।
‘यो एमाले,सेमाले पार्टी गतिलो रहेनछ। अब मन्त्री खाइन्न’ मन्त्री मनाङेले आफन्तसँग यसो सुनाएका थिए।
मनाङेले यसैहप्ता कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी पोखरा फर्किएको खुलासा भएको छ। उनले पछिल्लोपल्ट दुईचोटी सभापति देउवालाई भेटेका स्रोतको दाबी छ। कांगेसबाट पनि राजनीति गरेका मनाङे यो पटक फेरी विपक्षी गठबन्धन तर्फ नै उभिने देखिएका छन्।
१ .
२ .
३ .
४ .
५ .