पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री पद धरापमा पारेर 'दिपक मनाङे' गायब 

Breaknlinks
Breaknlinks

बुधबारदेखि सम्पर्कबिहिन भएका गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ ‘दिपक मनाङे’ अझै सम्पर्कमा आएका छैनन्।

मन्त्री मनाङे बेपत्ता भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद धरापमा परेको छ।

बिपक्षीलाई सर्मथन गर्ने संकेत जनाएसँगै मन्त्री मनाङे बुधबारदेखि बेपत्ता भएका थिए। मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद ‘मनाङे’ले सत्तापक्षलाई साथ छाड्ने संकेत जनाएपछि मुख्यमन्त्री गुरुङ विश्वासकाे मत पाउन कठिन देखिएकाे छ।

आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै छन्।

गुरुङले वैशाख २९ गते प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीको शपथ लिएका थिए। संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए।

गण्डकीमा कुल ६० जना प्रदेश सभा सदस्य छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन चाहिन्छ। तर गुरुङ नेतृत्वकै सरकारका खेलकुदमन्त्री मनाङेले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेपछि प्रदेश सरकारमा हंगामा सुरु भएकाे छ। 

प्रकाशित मिति: : 2021-06-10 11:08:00

प्रतिकृया दिनुहोस्