भारतमा कोरोना संक्रमितकाे संख्या घट्दै

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : NDTV
Photo : NDTV

भारतमा बिहिबार एक लाखभन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

यहाँ २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन्। एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो चौथो दिन हो।

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसारभरमा नै कोरोना शुरु भएयताको यो सब भन्दा धेरै संख्या हो।

प्राप्त समाचार अनुसार बिहारमा कोरोना सङ्क्रमणबाट ३ हजार ९७१ जनाको मृत्यु भएपछि भारतमा एकै दिनमा ६ हजार १४८ को मृत्यु भएको बताइएको हो।

यद्यपी बिहारबाट प्राप्त यो समाचार एकै दिनको नभएको र मृतकको पूरानो रेर्कडलाई पनि समावेश गरिएको समाचारमा जनाइएको छ। यसैसँगै भारतमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ।

हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९१ लाख  ८३ हजार १२१ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ। गत २४ घण्टामा भारतमा १ लाख ५१ हजार ३६७ जना सङ्क्रमित कोरोना मुक्त भएका छन्।

यसैसँग भारतमा २ करोड ७६ लाख ५५ हजार ४९३ जना कोरोना मुक्त भएका छन्। हाल यहाँ ११ लाख ६७ हजार ९५२ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

प्रकाशित मिति: : 2021-06-11 06:35:00

प्रतिकृया दिनुहोस्