घनश्याम भुसाललाई प्रश्‍न - तपाईं किन सधैँ गुटफुटमा लाग्नुहुन्छ ? [भिडियोसहित]

शिलापत्र

काठमाडौँ

बसन्त बस्नेत

एमालेको अन्तरसंघर्ष मिलाउन सक्रिय नेता हुन् घनश्याम भुसाल । विभाजनको डिलमा पुगेको एमालेको एकता सम्भव छ ? माधव नेपाल समूहले खोल्ने भनेको नयाँ पार्टीको भविष्य भुसालको दृष्टीकोणमा कस्तो होला ? आफ्नै पार्टीको अध्यक्षलाई समर्थन नगरी विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने परिस्थिति एमालेमा किन आयो ? एकताका लागि हस्ताक्षर फिर्ता गर्नुपर्ने ओलीको आग्रह के उनीहरू स्वीकार्छन् ? शिलापत्रका प्रधान सम्पादक बसन्त बस्नेतले नेता भुसालसँग यीलगायतका विषयमा उत्तर खोजेका छन् । 

अलि थकित देखिनु हुन्छ नि वार्ता र संवादका श्रृंखलाले थाक्नुभएको कि क्या हो ?

धेरै भयो हामी थाँक्न थालेको । पोहोरको वैशाखबाट थाक्न थाल्यौँ । थाकेको बहुमतको वैधता स्थापितका लागि गरेको प्रयासका कारणले हो । अत्यधिक बहुमतले आफ्नो वैधता खोज्न हिँड्नुपर्ने र त्यो पनि स्थापित नभएर त्यो पार्टी विभाजन हुने स्थितिबाट हामी गुज्रियौँ ।

नेकपा त फुट्यो-फुट्यो । एमाले पनि फुटको डिलमा जानुपर्ने स्थिति के कारणले उत्पन्न भयो ?

दुवैको एउटै कारण हो । हामीले शक्ति र सत्ताको लोकतान्त्रिक अभ्यास गर्न सकेनौँ । ओली लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर जानुभयो । उहाँलाई लोकतान्त्रिक बाटोमा ल्याउने प्रयत्न गरियो, तर सकिएन ।

तपाईंहरूले पो पार्टीको प्रणाली अवलम्बन नगर्दा आजको स्थिति आयो भन्ने त उहाँको आरोप छ ।

यो कुरा घटनामा हेर्नुपर्‍यो । अत्यधिक बहुसंख्याको बैठकमा बसेर गरेका निर्णय सबैले मान्ने स्थिति पोहोरको साउनदेखि हट्दै गयो । पार्टीका अध्यक्ष बैठकमै नबस्ने कुराबाट हाम्रो विवाद सुरु भयो । उहाँले बैठक इन्कार गर्नुभयो । एउटा बैठक ८० दिनसम्म चल्यो । बैठकमा आइदिनुस्, जग नहसाऔँ भन्ने स्थितिमा पुग्यौँ । जसको बाछिट्टा अहिले मुलुकको राजनीतिमा देखापरिरहेको छ । शक्तिको हनुमान नाचेपछिको परिणाम हामीले अहिले भोगिरहेका छौँ । त्यसको परिणाम पार्टीले मात्रै होइन, कम्युनिस्ट आन्दोलन र लोकतन्त्रले बेहोर्दैछ ।

प्रकाशित मिति: : 2021-06-09 22:04:00

प्रतिकृया दिनुहोस्