स्वास्थ्य सामग्री सहयोग : सबैभन्दा बढी मास्क, पन्जा र गाउन

सरिशा अछामी

विश्वमा कोभिड–१९ महामारी फैलिएसँगै नेपालमा स्वास्थ्य सामग्री र स्वास्थ्य उपकरणको चर्चा हुन थालेको थियो।
 
यो महामारी नेपालमा फैलियो भने कसरी उपचार गर्ने, बिरामीलाई र स्वास्थ्यकर्मीलाई के कस्ता स्वास्थ्य सामग्री चाहिन्छ, चेकजाँच के कसरी प्रभावकारी बनाउने– सुरुमा हामीकहाँ यस्तै चिन्ता र चासो भएको थियो ।

छिमेकी मुलुक चीनले कोरोना संक्रमणलाई छोटो समयमै वशमा लिन सफल भएपछि उसको अनुभव पनि विश्वका लागि सिकाइ थियो । सुरुमा हाम्रो सरकारले स्वास्थ्य सामग्री खरिद गर्न लाग्दा अनियमितता भएका समाचार पनि बाहिरिए ।

यही अन्योल, अप्ठेरा र अनियमिताका समाचारबीच हामी पहिलो लहरको कोरोना संक्रमणबाट गुज्रियौँ । अहिले हामी दोस्रो लहरको संक्रमणसँग जुधिरहेका छौँ ।

योबीचमा हामीलाई के कति स्वास्थ्य सामग्री सहयोगका रुपमा प्राप्त भए त ?

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, २०७६ माघ २८ गतेदेखि २०७८ वैशाख १० गतेसम्म ४९ वटा स्वदेशी तथा विदेशी संघसंस्थाबाट हामीलाई सहयोग प्राप्त भएका छन् । जसमा गाउन एक लाख २० हजार आठ सय २४ थान, पिपिई नौ हजार नौ सय ६८ थान, सर्जिकल मास्क ४९ लाख ७१ हजार हजार ६ सय ५० थान, ६ लाख १९ हजार तीन सय जोर लगायत स्वास्थ्य सामग्री सहयोग स्वरुप प्राप्त भएका छन् । 

प्रकाशित मिति: : 2021-06-09 13:41:00

प्रतिकृया दिनुहोस्